आश्विन ४, २०७३- राष्ट्रिय टिमका पूर्वकप्तान उपेन्द्रमान सिंहले अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ७ गते हुने निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिने सोमबार घोषणा गरेका छन् ।
‘फुटबलमा लागेका सबैबाट सल्लाह लिएर कमजोरी हटाउँदै अघि बढ्नेछु । मलाई खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत सबैको समर्थन भएकाले ढुक्क छु । सबैको समर्थन लिएर उपाध्यक्षमा चुनाव लड्ने घोषणा गर्दछु,’ राजधानीको ‘बी’ डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनका अध्यक्षसमेत रहेका उनले भने, ‘फुटबलमा २६ वर्ष योगदान गरेको छु । क्लब सम्हालेको अनुभव पनि छ ।’
‘नरेन्द्र श्रेष्ठको समर्थक बन्न दबाब’
एन्फाका महासचिव धिरेन्द्र प्रधानले एन्फा निर्वाचनमा अध्यक्षका उम्मेदवार नरेन्द्र श्रेष्ठको समर्थक बन्न दबाब दिइरहेको पर्सा जिल्ला फुटबल संघले आरोप लगाएको छ ।
एन्फाका महासचिव धिरेन्द्र प्रधानले एन्फा निर्वाचनमा अध्यक्षका उम्मेदवार नरेन्द्र श्रेष्ठको समर्थक बन्न दबाब दिइरहेको पर्सा जिल्ला फुटबल संघले आरोप लगाएको छ ।
‘कार्यसमितिको बहुमतको निर्णयलाई मान्यता नदिई जिल्ला संघका महासचिव (मानदेव हजरा) ले झुक्याएर सहीछाप गराएको बदनियतपूर्ण पत्रलाई एन्फाले मतदाता नामावलीमा राखेको छ,’ पर्साका अध्यक्ष मनोज भट्टराईले सोमबार भने, ‘हामीले निर्णय गरेर पठाएको नामलाई नरेन्द्र श्रेष्ठको समर्थक–प्रस्तावक बसेमात्र सदर गर्ने एन्फाका महासचिव धिरेन्द्र प्रधानले बताइरहेका छन् । हामी न्याय चाहन्छौं ।’
Comments
Post a Comment