बुटवलको तिनाउ पुल भत्कने खतरा,अवस्था अत्यन्तै जीर्ण ! [फोटो फिचर सहित] बिमहरु भांचिएर पुलको दुर्दशा ,कहांछन् सरोकारवाला ?,बेलैमा ध्यान नदिए ठूलो,आर्थिक,भौतीक र मानवीय क्षति बेर्होनुपर्नेछ
कपिल ज्ञवाली/बुटवल,भदौ २१ ।
बुटवलको एकमात्र पुर्बपश्चिम जोड्ने तिनाउ पुल अन्तिम अबस्थामा पुगेको छ । बेलैमा सरोकारवाला निकायले ध्यान नदिने हो भने हाम्रै अगाडि ठूलो दुर्घटना हुनेछ ।
भत्कने अबस्थामा पुगेको पुलमा दैनिक घण्टौं ट्राफिक जाम हुने गरेको छ । पटकपटक नागरिक आवाज डटकमले यहि बिषयलाइ उजागर गर्दै आइरहेको छ ।
बुटवलको एकमात्र पुर्बपश्चिम जोड्ने तिनाउ पुल अन्तिम अबस्थामा पुगेको छ । बेलैमा सरोकारवाला निकायले ध्यान नदिने हो भने हाम्रै अगाडि ठूलो दुर्घटना हुनेछ ।
भत्कने अबस्थामा पुगेको पुलमा दैनिक घण्टौं ट्राफिक जाम हुने गरेको छ । पटकपटक नागरिक आवाज डटकमले यहि बिषयलाइ उजागर गर्दै आइरहेको छ ।
केहि समयपहिले नागरिक आवाज डटकम अनलाइनमा समाचार प्रकाशनपछि पुलका खाल्डा खुल्डीहरु रातारात टालिएको थियो ।
तर अहिले पुलको हालत हेरिसक्नु छैन । देबिनगरमा रहेको झुलुङ्गे पुल साउन ११ गतेको बाढीले सोह्रोरेपछि अहिले बुटवलको सबैभार पक्की पुलले बेर्हाेनुपरेको छ । पश्चिम जोड्ने एकमात्र तिनाउ पुलले दैनिक लाखौं टनको भारले थिचिएको छ ।
यी समाचार पनि पढ्नुस् :-
- कालोपत्रे गरेको १५ दिनमै तिनाउ पुलमा प्वालै प्वाल ! [फोटोफिचर सहित]
- नागरिक आवाज समाचार प्रभाब : तिनाउ पुलका खाल्डा रातारात टालियो ![फोटोफिचर]
- तिनाउ पुलमा १ महिनाको अबधिमा २ पटक नक्कली कालोपत्रे,रातारात टालिएका खाल्डाहरु पुन: उप्किए ! [फाेटाेकथा ]
- देबिनगर र बुद्धनगर जोड्ने तिनाउको झोलुङ्गे पुल बाढीले बगायो,प्रगतिनगरमा ५ वटा घर बगे [लाइभ फुटेज]
- तिनाउमा उर्लियो बाढी,साइरन बजेपछि स्थानियले बस्ती छाडे [ भिडियो र तस्वीर]
पुलका सयौ स्थानमा प्वाल परेका छन् । छियाछिया बनेको पुलका भित्री करङ ,भाटा समेत देखिन थालेका छन् । बिमहरु भांचिएर पुलको दुर्दशा भएको छ ।सडक बिभागले यो बिषयलाइ चासो दिन सकेको छैन । आम नागरिकहरु यसमा चिन्तित बनेपनि बिभागले कुनै पहल गर्न सकेको छैन ।
एकातिर नदीले पुलको पिल्लर खोतल्दै गइरहेको छ । अर्कोतर्फ माथिल्लो भाग जहाँ सवारी गुड्छन त्यहाँकै भाग कमजोर बन्दै गएपछि यो पुल निकै खतरामा पुगेको हो । सेक्टर पुुल योजना नेपालगञ्जका प्रमुख गणेश गौतमले अब तत्काल काम हुने बताए । ‘प्राविधिक कारणले गर्दा सडक टालेपनि उप्केको हो, पानी नपरे २-३ दिनमै सुधार हुन्छ ।’ गौतमले यसैगरि प्रतिक्रिया दिन थालेको महिनौं बितेको छ । सुधारको ठोस काम हुनै सकेको छैन ।
हेरौं थप तस्वीरहरु : –
हेरौं थप तस्वीरहरु : –
Comments
Post a Comment