प्रियंकाको बोल्ड अवतार



भाद्र २२, २०७३- बलिउड हिरोइन प्रियंका चोपडाले अन्तर्राष्ट्रिय म्यागाजिन ‘जी क्यू’ का लागि निकै हट फोटो सुट गराएकी छन् । यो फोटोमा शरीरको माथिल्लो भाग नाङ्गिए पनि उनले स्तनलाई सलले छेकेकी छन् । प्रियंकाको यो टपलेस तस्बिर निकै बोल्ड र लिजलिङ देखिन्छ ।
‘जी क्यू’ म्यागाजिनका लागि प्रियन्काको खिचाएका बोल्ड तस्बिरहरु मध्ये तीन वटा मात्र सार्वजनिक भएका छन् । अर्को एक तस्बिरमा प्रियंकाले सर्टको टाँक खोल्दै स्तनको क्लिभेजसहित पोज दिएकी छन् । तेस्रो तस्बिरमा पातलो पहिरन भए पनि हात खुम्चाएर छाति नदेखिने बनाएकी छन्, जुन त्यति बोल्ड लाग्दैन् ।
सन् २००० की विश्व सुन्दरी प्रियंका यतिबेला हलिउडमा टेलिसिरियल ‘क्वान्टिको’को दोस्रो श्रृंखला र फिल्म ‘बेचाव’को सुटिङमा व्यस्त छिन् । अमेरिकन टेलिसिरियल ‘क्वान्टिको’ सफलतापछि उनलाई हलिउडको फिचर फिल्म ‘बेचाव’मा अभिनय गर्ने मौका मिलेको हो ।
बलिउडकी यी नायिकाले हलिउड डेब्यू भने खलनायिकाको रुपमा गर्दैछिन् । फिल्म ‘बेचाव’मा उनलाई खलनायिकाको अभिनय गर्न लगाइएको हो । यो फिल्म हाँस्य प्रधान पनि रहेको बताइएको छ । ‘बेचाब’ सन् १९९० को दशकमा बनेको टेलिफिल्मको फिल्मी रिमेक हो । पहिल्यै सफल टेलिफिल्मका रुपमा स्थापित भइसकेको नाम र कथा भएकाले फिल्म ‘बेचाव’बाट सफलता हात पर्ने अपेक्षा आफूले गरेको प्रियंकाले टवीटरमार्फत हालै मात्र बताएकी थिईन् । निर्माण पक्षले यो फिल्म मे २०१७ मा रिलिज हुने बताएको छ ।   
पछिल्लो समय मुलुक बाहिरै व्यस्त हुन थालेकाले ‘प्रियंका अमेरिकामा स्थायी रुपमै बस्ने तयारीमा’ भन्ने केही संचारमाध्यमले लगाएको आरोपको केही दिनअघि मात्रै उनले खन्डन गरेकी थिईन् । उनले टवीटरमा भनेकी छन् ‘म अमेरिकामा बस्दिन, मेरो घर मुम्बई हो । छिट्टै भारत फर्कने छु ।’


Comments