जब उनले यो दुनियामा पदार्पण गरिन् तब उनले किर्तिमान सँगै लिएर आइन् । उनले दुनियाकै सबैभन्दा हलुका तथा सबैभन्दा सानो जिवित जन्मिएको बच्चाको किर्तिमान आफ्नो नाउँमा पार्न सफल भएकी हुन् ।
जर्मनीको विटन सहरस्थित एक अस्पतालमा जन्मिएकी इमिलिया ग्राबार्कजिक जन्मिँदा उनको सरीरको लम्बाइ ८ इन्च थियो भने तौल जम्मा २ सय २९ ग्राम ।
गर्भ रहेको २५ हप्तामै जन्मिएकी यी शिशुले जिव विज्ञान तथा चिकित्सा विज्ञानलाई नै माथ खुवाउँदै मृत्युलाई पनि जितेकी छिन् ।
गर्भ रहेको २५ हप्तामै जन्मिएकी यी शिशुले जिव विज्ञान तथा चिकित्सा विज्ञानलाई नै माथ खुवाउँदै मृत्युलाई पनि जितेकी छिन् ।
यसअघि विश्वको सबैभन्दा सानो जिवित जन्मिएको बच्चाको तौल ८ दशमलब ६ औँश थियो । अमेरिकाको सिकागोकी रुमैसा रहमान नामकी ती शिशु २६ हप्तामा जन्मिएकी थिइन् । जबकी इमिलियाको तौल जम्मा ८ औँश मात्र छ ।
जिउको लम्बाइ जम्मा ८.६ इन्च भएकी इमिलियाका खुट्टा जम्मा एक इन्च लामा थिए, औँला जत्तिकै मात्र ।
यस्तो अद्धितीय शिशु सामान्य रुपमा जन्मिनु र ज्यूँदो रहनुलाई चिकित्सकहरुलाई चमत्कारकै रुपमा लिएका छन् । बच्चा जन्मिँदा १४ औँश सम्मको तौललाई पनि निकै कम मानिन्छ र त्यस्तो बच्चालाई समेत बचाउन गाह्रो हुन्छ । त्यसैले इमिलियालाई डाक्टरहरुले फुच्ची लडाकुको संज्ञा दिएका छन् ।
किर्तिमानी छोरी जन्माउन पाएको र बाँच्ने आशा नै नगरेकी छोरी बाँचेकोमा आमा स्याबिन ग्राबाक्जी र बाबु लुकास खुसी छन् ।
अहिले इमिलिया ९ महिनाकी भैसकेकी छिन् र उनको तौल १०६ औँश छ । उनी दिनानुदिन बलियो बन्दैछिन् ।
Comments
Post a Comment