प्रधानमन्त्रीले संसद मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै





भाद्र २३, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । बिहान ११ बजे सुरु भएको संसद बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गरेका हुन् । उनले सरकारका प्राथमिकता र आगामी कार्ययोजना पनि राखिरहेका छन्  ।
....
संसद बैठक सुरु भएको छ । बिहीबार संसद भवन नयाँबानेश्वरमा सुरु भएको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ । केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने छन् ।
संसदमार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार दाहालले सरकारका प्राथमिकता र आगामी कार्ययोजना पनि राख्नेछन् ।
उनका अनुसार दाहालले सरकारका प्राथमिकता र आगामी कार्ययोजना पनि राख्नेछन् । ‘संसद चलिरहेको बेला अलग्गै सम्बोधन नगरौं भन्ने कुरा भयो,’ उनले बिहीबार बिहान कान्तिपुरसित भने, ‘प्रधानमन्त्रीले संसदबाटै आफ्ना योजनाहरु राख्नुहुनेछ ।’

आचार्यका अनुसार प्रधानमन्त्रीले आसन्न भारत भ्रमणको आधिकारिक मिति पनि संसदमै सार्वजनिक गर्नेछन् । त्यसअघि मन्त्रिपरिषदले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्नेछ ।

केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि साउन १९ गते कांग्रेस र मधेसी मोर्चाको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएका थिए ।

प्रधानमन्त्री निर्वाचित भएपछि दाहालको यो पहिलो राष्ट्रका नाममा सम्बोधन हो ।


Comments