भारत भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराए

भाद्र २९, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।
बुधबार बसेको संसदमा प्रधानमन्त्रीले बिहीबारदेखि सुरु हुने चार दिने भारत भ्रमणका एजेन्डाबारे पनि जानकारी गराएका छन् । परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि भारत भ्रमण गरेर मंगलबार फर्केका थिए ।
प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणका क्रममा नयाँ सन्धि सम्झौताहरु गर्ने भन्दा पनि पहिले भएका सन्धि सम्झौताहरुको कार्यान्वयनमा आफ्नो भ्रमण केन्द्रित रहने दोहोर्‍याएका छन् ।

Comments