भाद्र २३, २०७३- अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा पनि ‘किशोरीलाई पढ्ने देउ’ अभियानलाई विस्तार गर्ने घोषणा गरेका छन् ।
दक्षिण–पूर्वी एसियाली देशहरुको सम्मेलन आसियानमा बोल्दै राष्ट्रपति ओबामाले लाओस र नेपालमा अमेरिकी प्रथम पहिला मिसेल ओबामाले सुरु गरेको सो अभियान विस्तार गर्ने बताएका हुन् ।
‘मिसेल र मेरा लागि निकै महत्वपूर्ण कार्यक्रम लेट गर्ल्स लर्न नेपाल र लाओसमा सुरु हुनेछ,’ ह्वाइटहाउसद्वारा जारी ओबामाको भाषणमा भनिएको छ, ‘कुनै पनि देश त्यहाँको पुरुषहरु सरह किशोरी र महिलाहरु पनि सशक्त नभई अगाडि बढ्न सक्दैन ।’
राष्ट्रपति पत्नी मिसेल ओबामाले पनि ट्विट गर्दै उक्त घोषणाको पुष्टि गरेकी छिन् ।

Comments
Post a Comment