इन्द्रजात्राको लिंगो ढल्दा २ जना घाइते

भाद्र २८, २०७३- इन्द्रजात्राको लिंगो उठाउने क्रममा लिंगो असन्तुलन भइ ढल्दा दुई जना घाइते भएका छन् । घाइते मध्ये एक नेपाल आर्मीका सिपाही भुम बहादुर गुरुङ हुन् भने अर्का सिन्धुपाल्चोक घर भएका पुष्प लामा हुन । उनीहरुको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । दुबैको दाहिने खुट्टामा चोट लागेको छ । आजबाट सुरु भएको परम्परागत इन्द्रजात्राको अवसरमा हनुमानढोकामा रहेको लिंगो उठाउँदा लिंगो असन्तुलन भइ ढलेको थियो । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ ।
घाइतेहरुलाई सामान्य चोट लागेको छ । दुवैलाई उपचारको लागि अस्पताल लगिएको छ । लिंगो उठाउन लाग्दा विपरित दिशासमा लिंगो ढल्दा लिंगोले लागेर २ जना घाइते भएका हुन् ।
मंगलबार बिहान ९ बजेर ३ मिनेटमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको ३२ हाते लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ ।
इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।


http://bit.ly/2cT4STP

Comments