उत्तर कोरिया तर्फ यसरी उडे अमेरिकी बमवर्षक विमान

उत्तर कोरिया तर्फ यसरी उडे अमेरिकी बमवर्षक विमान

एजेन्सीः अमेरिकी बमवर्षक विमान मंगलबार बुसान हवाई आधार शिविरबाट उत्तर कोरियाको सीमातर्फ उडेका छन् । 

उत्तर कोरियाले आणविक क्षेप्यास्त्र परीक्षण गर्दै आएपछि अमेरिकाले आफ्ना बमवर्षक सुपर सोनिक विमान दक्षिण कोरियाका साथमा रहेको प्रतिक्रिया दिन यस्तो उडान गरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जानएका छन् । 

अमेरिकाबाट उत्तर कोरियातर्फ उडेका बमवर्षक विमानलाई अमेरिकी र दक्षिण कोरियाली विमानले सुरक्षा दिएका छन् । उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले बमवर्षक विमान उडाएर उत्तर कोरियालाई जवाफ दिने तयारी गरेको हो ।

यसरी उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान उडेका हुन् । उत्तर कोरियाका मामलाका अमेरिकी विशेष प्रतिनिधि सुग किमले अमेरिकाले उत्तर कोरियाविरुद्ध कडा प्रतिवाद गर्ने तयारी गरिरहेको खुलासा गरे लगत्तै विमान उडाइएको हो ।

उत्तर कोरियाले परमाणु परीक्षणको शृङ्खला अन्तर्गत पाँचौ परमाणु परीक्षण गर्ने तयारी गरिराखेका बेला अमेरिकाले चालेको कदमलाई अन्तराष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ ।

गत शुक्रबार मात्र उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख आणविक परीक्षण केन्द्रबाट गरेको पारमाणविक शक्ति परीक्षले ५.३ म्याग्निच्यूडको कृत्रिम भूकम्प महसुस भएको थियो । 

उत्तर कोरियाले यस अघि सन् २००६, ००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ ।

अमेरिकाले भने उत्तर कोरियाको परमाणु परीक्षण विरुद्ध अन्तराष्ट्रिय जगत एकजुट हुनुपर्ने बताएको छ। अमेरिकी विशेष प्रतिनिधि किमका अनुसार अमेरिका उत्तर कोरियासँग सार्थक छलफल गर्न समेत सदैव तयार छ ।  

Comments