संविधान कार्यान्वयन नै पहिलो प्राथमिकता: प्रधानमन्त्री दाहाल


भाद्र २३, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको प्रमुख प्राथमिकता संविधान कार्यान्वयन रहेको जनाएका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन पहिलो प्राथमिकता रहेको जनाउँदै आन्दोलनरत पक्षसँग असमझदारीको दुरी घटेर समझदारी बढेको बताए ।
उनले सबै पक्षसाग उदार भएर सहमित खोज्न ढिला गर्न नहुने बताए । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, 'असोज मसान्त भित्र सीमांकनको टुंगो लगाउन जरुरी छ ।'
उनले २०७४ साल मंसिर ७ गते भित्र चुनाव गराउन सक्ने वा नसक्ने भन्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी गराउँदै निर्वाचनको लागि वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुनुअघि राजदूत फिर्ता र राष्ट्रपतिको भ्रमण स्थगित भएको अवस्था थियो सबैलाई थाहा भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री भएपछि आपसी हित र सम्बन्ध विस्तारमा लागेको दाबी गरे । उनले यसको सकारात्मक परिणाम पनि आएको दाबी गरे। दुवै छिमेकी मुलुकसँग भएका सम्झौतालाई कार्यान्वयन गराएर समृद्धिका लागि पहल गरिने उनले बताए ।


Comments