सोमबारदेखि फेरि अनसन बस्ने डा. केसीको चेतावनी

आश्विन २, २०७३- आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न असोज २ गते आइतबारसम्मको अल्टिमेटम दिएका प्राध्यापक डा. गोविन्द केसीले कार्यान्वयन हुने अवस्था नभएकाले सोमबारदेखि फेरि अनसन बस्ने बताएका छन् ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको तेस्रो अधिवेशनमा शुभकामना दिन आएका उनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रको विकृति हटाउने अभियान अझै जारी रहेको बताए । ‘विकृतिविरुद्ध हामी फेरि लड्छौँ, अभियान अझै टुंगिएको छैन,’ उनले भने, ‘हाम्रो अभियानमा हिजो पनि सहयोग गर्नुभएको थियो, फेरि पनि तपाईंहरुको समर्थनको जरुरी छ ।’ यसअघि आठ पटक अनसन बसेका केसीसाग सरकारले ४ बुँदे सहमति गरेपछि अनसन तोडेका थिए ।



http://bit.ly/2d7IRR2

Comments