अझै रोकिएन मिर्गाैला तस्करी

अझै रोकिएन मिर्गाैला तस्करी

बनेपाः आर्थिक समस्याका कारण काभ्रेमा मिर्गौला बिचिने क्रम अझै रोकिएको छैन । मिर्गौला तस्करहरूको प्रलोभनमा परेपछि उनीहरूले मिर्गौला बच्ने गरेका हुन् ।
२२ वर्षअघिदेखि जिल्लामा सक्रिय मिर्गौला तस्करहरू अझै नयाँनयाँ तरिका अपनाउँदै मिर्गौला बेचबिखनमा सक्रिए हुँदै आएका छन् । तीन महिनाअघि दलालको आर्थिक प्रलोभनमा परेर रोजगारीका लागि भारत पुगेका पनौती नगरपालिका ९ का ३२ वर्षीय जयराम थापा दलालको सिकार बने ।
उनको मिर्गौला झिकियो । मिर्गौला बेचेर भारतबाट ल्याएको पैसाले केही दिनलाई पुगे पनि स्वास्थ्यमा आएको समस्या र पीडा सहन नसकी एक साताअघि उनले विष सेवन गरेर आत्महत्या गरे ।
सामान्य मजदुरी गर्दै आएका थापा गत जेठमा परिवारलाई जानकारी नदिई भारत गएर दुवै मिर्गौला बेची घर फर्केका थिए । उनले मिर्गौला बेचेको कसैलाई जानकारी थिएन । आत्महत्या गरेपछि पेटमा चिरिएको आलो घाउले उनले मिर्गौला बेचेको पत्ता लागेको आफन्तले बताए ।
आफन्तका अनुसार पोखराका लाहुरे बताउने एक अपरिचित व्यक्तिले प्रलोभनमा पारी मिर्गौला झिक्न तीन महिनाअघि भारत लगेको र समय समयमा आईएमईमार्फत पैसासमेत पठाउने गरेको बताए ।
४७ बर्से मोहन सापकोटाले भारतको अस्पतालमा बिरामी कुरुवाको जागिर लाइदिन्छु भन्दै दलालले लगेर अलपत्र छोडेपछि मिर्गौला बेच्नु परेको सुनाए । ‘मेरो रहर होइन बाध्यता थियो । विदेशमा अलपत्र परें, कति दिन त भोकभोकै बसें, केही नलागेर ६० हजारमा एउटा मिर्गौला बेचें’, सापकोटाले भने, ‘दलालको जालमा परेर आज यो गती भयो ।’

Comments