शनिबार राति भएको खेलमा युभेन्टसले सास्वोलोलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले चौथो मिनेटमा नै हिगुइनको गोलबाट अग्रता लिएको थियो । १० औं मिनेटमा उनले नै दोस्रो गोल गरे । २७ औं मिनेटमा पिआनिचले गोल गरेपछि युभेन्टस ३-० ले अगाडि रहृयो ।
३३ औं मिनेटमा सास्वोलोका आन्टीले गोल गरे । तर, खेलमा थप गोल हुन सकेन र युभेन्टस विजयी भएको छ ।
लगातार तीन जित हात पारेको युभेन्टस ९ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको नापोलीको ७ अंक छ ।
Comments
Post a Comment