वीरगञ्जमा दाना उद्योगमा भीषण आगलागी, ६० लाखको क्षति

वीरगञ्जमा दाना उद्योगमा भीषण आगलागी, ६० लाखको क्षति


वीरगन्ज: वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको कुखुराको दाना उत्पादन गर्ने उद्योगमा भीषण आगलागी भएको छ।
बाराको गढीमाइ नगरपालिका–८ छातापिपरामा रहेको त्रिवेणी फिड इण्डष्ट्रिज उद्योगमा शनिवार बिहान पौने ६ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हो।
उद्योगको मेसेनरी स्पेयर पार्टसहरु राखिएको स्टोर शाखामा भएको आगलागीबाट करिब ६० लाख रुपैयाँ मूख्ल्य बराबरको मेसेनरी सामान जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताए ।
‘विजुली सर्ट भएर आगो लागेको देखिन्छ,’उनले भने,‘घटनाबारे अनुसन्धान भइरहेको छ।’ आगलागीबाट स्टोर शाखामा रहेको मेसेनरी स्पेयर पार्टस, रबर लगायतका सबै सामान जलेर खरानी भएको छ। उद्योगमा लागेको आगलागी नियन्त्रण वीरगन्ज र कलैयाबाट गएका दुईवटा वारुण यन्त्रले लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Comments