भाद्र २१, २०७३- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक–७ मा मंगलबार बिहान सवा ३ बजे ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना३खा ९९०६ नम्बरको ट्रक अनियन्त्रित भई चुमखोलाको पुलबाट खसेको थियो ।
ट्रकका चालक बारा मोतियार ३ का राजमकुमार साह कानु र नाम ठेगाना नखुलेका अन्दाजी ३४/३५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए ।
घाइते हुनेमा ट्रकका सहचालक बारा बलरामपुर–४ का भुवनदेव साह र रावलीप्रसाद यादव छन् । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ । साहको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment