टुँडिखेलमा यस्तो देखियो पहिलो संविधान दिवस (फोटो फिचर)

आश्विन ३, २०७३- संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार बिहान काठमाडौंको टुँडिखेलमा सरकारले ‘संविधान दिवस’ मनाएको छ ।
संविधान दिवस मूल समारोह समितिको आयोजनामा बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको हो । सोमबार देशैभर संविधान दिवस विविध कार्यक्रम मनाइयो ।
टुँडिखेलमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो । उपराष्ट्रपति नन्दबहादुर पुन भने विदेश भ्रमणमा छन् ।
विशिष्ट पदाधिकारीको उपस्थितिमा नेपाली सेनाले हेलिकप्टरबाट ‘संविधान दिवस– २०७३’ अंकित व्यानर प्रदर्शन गरेको थियो । हेलिकप्टरबाटै पुष्पवृष्टि, बेलुन उडाइएको थियो । विशिष्ट पदाधिकारीले शान्तिका प्रतीक परेवा उडाए ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, स्काउट र विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुले मार्स पास गरे ।
नेपालको संवैधानिक इतिहासमा यसअघि ६ वटा संविधान जारी भए पनि संविधानसभाबाटै जारी भएको यो पहिलो संविधान हो ।




http://bit.ly/2d9OD4Z

Comments