दुबइमा अब रोबट नै ड्यूटी पुलिस अफिसर !


एजेन्सी: दुबई प्रहरीले पहिलो पटक रोबटलाई प्रहरी अधिकारीको ड्यूटीमा खटाएको छ। उक्त रोबट प्रहरी अधिकारीलाई शहरको विभिन्‍न मल र पर्यटीकय स्थलमा लगायएको बीबीसीले जनाएको छ।
रोबटलाई प्रहरी अधिकारीको ड्युटीमा खटाएपछि अपराध न्‍यून हुने र सर्वसाधारणले यही रोबटको माध्‍यमबाट अपराधको सूचना दिन सक्‍ने समेत बताइएको छ। यसको प्रयोग निश्‍चित रकम तिरेपछि गर्न सकिनेछ भने रोबटको छात्तीमा लगाइएको टचस्क्रिनबाट सूचना पाउन सकिनेछ।
प्रशासनका अनुसार सन् २०३० सम्म‍मा दुबइमा २५ प्रतिशत प्रहरी अधिकारी काममा रोबटलाई भर्ना गरिने छ।तर रोबटले मानिसको ठाउँलाई भने विस्थापित नगर्ने दुबई पुलिस स्मार्ट सर्विसेज विभागका महानिदेशक ब्रिगेडियर खालिद अल रज़ूकीले दाबी गर्नु भएको छ।
उहाँले भन्‍नु भएको छ, 'हामीले आफ्नो पुलिस अफिसरलाई मेशिनको साटोमा हटाउन चाहेका होइनौ। तर जुन गतिमा दुबइमा मानिसको चाप बढी रहेको छ। यसलाई नियन्त्रण गर्न रोबटको साहारा मात्रै लिन खोजिएको हो।'

Comments