जाजरकोट : रूखले किचेर कुसे गाउँपालिका- ४
की १२ वर्षीया रमिता शाहीको बिहीबार बेलुका मृत्यु भएको छ । उनकी दिदी १५
वर्षीया पशुपति गम्भीर घाइते भएकी छन् ।
कुसे गाउँपालिकाको बाटुलेबजार नजिकैको
टोलखोलामा हावाहुरीले ढलेको रूखले किच्दा शाहीको मृत्यु भएको हो ।
मालटाकुरा माध्यमिक विद्यालय, तम्तीमा ७ कक्षा र १० कक्षामा अध्ययनरत
दिदीबहिनी पुस्तक लिएर बाटुलेबजारबाट फर्कंदै गर्दा हावाहारीका कारण ढलेको
रूखले उनीहरुलाई किचेको स्थानीयवासी खिमबहादुर सिंहले बताउनुभयो ।
घाइते पशुपतिको स्थानीय मेडिकलमा उपचार
भइरहेको उहाँले बताउनुभयो । विद्यालयले उनीहरुलगायत अन्य बालबालिकालाई
पुस्तक ढुवानी गर्न बाटुलेबजार पठाएको थियो । पुस्तक बोकेका अन्य बालबालिका
अर्को बाटो हिँडेकाले घटनाबाट बच्न सफल भएको सिंहले बताउनुभयो । रासस
Comments
Post a Comment