
गोरखा : हृदयघातका कारण प्रहरी प्रहरी चौकी बालुवाका इन्चार्ज असइ ४६ वर्षीय हस्तबहादुर नेपालीको मृत्यु भएको छ।
बुधबार बिहान सवा ६ बजे दाँत माझ्दै गर्दा बेहोस् भएका असई नेपालीको उपचारका लागि गोरखा जिल्ला अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो।
पर्वत स्थायी घर भएका नेपाली प्रहरी चौकी बालुवाका इन्चार्ज थिए। पोस्मार्टमपछि पर्वत पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।
Comments
Post a Comment