
टिभी अन्नपूर्ण ४ फागुन, काठमाडौं ।
तोकिएकै समयमा स्ववियु चुनाव गर्नेगरी तयारी गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुले विद्यार्थी संगठनलाई निर्देशन दिएका छन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेतासहित विद्यार्थी संगठनको नेतृत्वबिच भएको छलफलमा यस्तो निर्देशन दिईएको हो । बैठकले तोकिएको समयमै स्ववियु चुनाव गर्ने निर्णय गरेको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिईन् । स्ववियु चुनाव फागुन १४ गते गर्ने यसअघि नै घोषणा भइसकेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी विद्यार्थी सँगठन अखिल क्रान्तिकारीसहितका केही साना दलका विद्यार्थी संगठन र नेपाल विद्यार्थी संघको एउटा पक्षले विभिन्न सरकारी क्याम्पसमा तालाबन्दी गरेपछि तीन दलका शीर्ष नेताले विद्यार्थी नेतृत्वसँग छलफल गरेका हुन् ।
Comments
Post a Comment