
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय यात्रा गर्ने हवाई यात्रुको संख्या बढ्दै गएको छ। गत वर्ष सन् २०१६ मा ३५ लाख १० हजारभन्दा बढी यात्रुले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न मुलुकको आवात-जावत गरे। यो संख्या सन् २०१५ को तुलनामा दुई लाख ९३ हजारले बढी हो। अघिल्लो वर्ष ३२ लाख १७ हजारले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गत वर्ष १८ लाख २३ हजार पाँच सय ९८ यात्रु नेपालबाट बाहिरिएका थिए भने १६ लाख ८७ हजार एक सय ४४ यात्रु नेपाल भित्रिए। अघिल्लो वर्ष त्रिभुवन विमानस्थल हुँदै बाहिरिने र भित्रिने हवाई यात्रुको संख्या क्रमशः १६ लाख ७४ हजार र १५ लाख ४२ हजार थियो।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार सन् २०१६ मा त्रिभुवन विमानस्थलमा २७ हजार एक सय १८ अन्तर्राष्ट्रिय उडान अवतरण भएका थिए। अघिल्लो वर्ष यो संख्या २६ हजार पाँच सय ६३ थियो। उडान संख्या पनि अघिल्लो वर्षको तुलनामा पाँच सय ५५ ले बढी हो। नेपाली आकाश हुँदै अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको संख्या पनि २८ पुगेको छ। यसमा तीन वटा नेपाली कम्पनी पनि सामेल छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। बुद्धले भारतको बनारसमा सातामा दुईवटा उडान भर्दै आएको छ।
नेपालको हवाई भाडा विश्वकै महँगो पर्छ। तर पनि हवाई यात्रा गर्ने यात्रुको संख्या भने बढ्दै गइरहेको छ। पर्यटकीय मुलुक नेपालले आफ्नै पर्याप्त विमान उडाउन नसक्दा भाडादर विश्वकै महँगो पर्न गएको हो। नेपालबाट अन्तर्राष्ट्रिय उडानमा विदेशी कम्पनीको एकाधिकार रहेकाले ती कम्पनीले मनलाग्दी भाडा असुल्दै आएका छन्। नेपालको पर्यटन व्यवसायका लागि यो दुःखद कुरा हो।
निगम अग्रस्थानमा
सन् २०१६ मा अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीमध्ये सबैभन्दा बढी यात्रु बोकेर नेपाल वायुसेवा निगम नम्बर वान बनेको छ। निगमले तीन लाख ८४ हजार तीन सय २७ यात्रु ओसार-पसार गरेको छ। यो संख्या सन् २०१५ कोभन्दा एक लाख ३० हजार ६ सय ६९ ले बढी हो। सन् २०१५ मा निगमले दुई लाख ५३ हजार ६ सय ५८ यात्रुलाई सेवा दिएको थियो।
सन् २०१६ मा अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीमध्ये सबैभन्दा बढी यात्रु बोकेर नेपाल वायुसेवा निगम नम्बर वान बनेको छ। निगमले तीन लाख ८४ हजार तीन सय २७ यात्रु ओसार-पसार गरेको छ। यो संख्या सन् २०१५ कोभन्दा एक लाख ३० हजार ६ सय ६९ ले बढी हो। सन् २०१५ मा निगमले दुई लाख ५३ हजार ६ सय ५८ यात्रुलाई सेवा दिएको थियो।
Comments
Post a Comment