आश्विन ४, २०७३- साझा यातायातले काठमाडौंमा अत्याधुनिक सुविधाका बस थप्ने भएको छ । दसैंको छेको पारेर साझाले थप ३० बसबाट सेवा दिने भएको हो ।
साझाले खरिद गरेका नयाँ ३० वटा बस वीरगन्ज नाकामा ३ सातादेखि रोकिएका छन् । ती बस दसैं लक्षित गरी काठमाडौंका लागि आइतबार प्रस्थान गरेको साझाले जनाएको छ । साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले भन्सारको सम्पूर्ण प्रक्रिया पूरा गरी हिँडेका १३ बस उपत्यका आइपुगेको बताए । उनका अनुसार सबै बस राजधानी आइपुगेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरको सिफारिसमा सडक विभागअन्तर्गतको हेभी इक्युपमेन्ट कार्यालयका प्राविधिकबाट चेकजाँच गराइनेछ । उनले दसैंसम्म यी बस सञ्चालनमा आउने बताए । ‘नसकिए दसैंलगत्तै चल्छन्,’ उनले भने । यी बस यातायात कार्यालयबाट माग भएका रुटमा सञ्चालन गरिनेछ । जसअनुसार बुंगमतीबाट जावलाखेल हँुदै रत्नपार्क रुट, लुभु लामाटारबाट जावलाखेल हँुदै रत्नपार्क रुट, कलंकी–रत्नपार्क– कोटेश्वर हुँदै भक्तपुर रुटमा सञ्चालन हुनेछ । बालाजुबाट ठमेल हुँदै एयरपोर्ट रुट र लगनखेलबाट रत्नपार्क– महाराजगन्ज– ग्रयान्डी अस्पताल हुँदै टोखा चल्नेछन् ।
सबै रुटमा सरकारले तोकेको भाडादर कायम हुने पनि पाण्डेले बताए । उनका अनुसार भन्सार सहुलियतमा ल्याइएका बसको मूल्य प्रतिबस करिब ३० लाख ५० हजार रुपैयाँ छ । बस २/२ सिट, अपांगका लागि ह्विलचेयर राखेर सिट बेल्ट बाँधी बस्न मिल्ने, ४ वटा भेन्टिलेसन भएको र मोबाइल चार्ज गर्न मिल्ने खालका छन् । भारतको कोच बडी बिल्डर्समा निर्माण भएका उक्त बस काठमाडौं महानगरपालिकाबाट सेयरबापत प्राप्त १० करोड रुपैयाँबाटै खरिद गरिएको हो ।

Comments
Post a Comment