अन्तरक्रिया तथा अवलोकन कार्यक्रम सम्पन्नः
काठमाडौं, २० भदौ
अमेरिकी Assistant Secretary H.E. Ms. Nisha Desai Biswal राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित अन्तरक्रिया तथा अवलोकन कार्यक्रममा सहभागी हुनुभयो ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले Trafficking in Person सम्बन्धमा नेपाल प्रहरीको नीति तथा कार्यक्रम सम्बन्धी जानकारी गराउनु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको प्रशिक्षण विकास योजनाकाबारेमा जानकारी समेत गराउनुभएको थियो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत एलिना टेप्लीज तथा वरिष्ठ प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम पश्चात भ्रमण टोलीबाट प्रतिष्ठानको Scene of Crime Officers (SOCO) Training Classroom र Simulation Training Facilities को समेत अवलोकन भएको थियो ।


Comments
Post a Comment