मानवअधिकार आयोगलाई पृतना प्रवेशमा रोक

काठमाडौं: नेपाली सेनाले एक बन्दीका विषयमा छानबिन गर्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई सुदूरपश्चिमाञ्चलको दिपायल पृतनामा प्रवेश दिन इन्कार गरेको छ । प्रवेश नदिइएपछि आयोगको टोली खाली हात धनगढी फर्किएको छ ।
यता ब्यारेकमा बन्दी बनाइएका व्यक्तिलाई बाटोको म्यादबाहेक २४ घन्टाभित्र आयोगमा उपस्थित गराउन नेपाली सेनाको जंगी अड्डालाई पत्राचार गरिएको छ । सैनिक ब्यारेकका गोलीगट्ठा गायब पारिएको आरोपसहित 
मानवअधिकार आयोगलाई पृतना प्रवेशमा रोक

सेनाका जवान देवसिंह बोहोरालगायत सैनिकलाई गम्भीर यातना दिएको सूचनाका आधारमा आयोग टोली गत भदौ २२ गते दिपायल पृतना पुगेको थियो ।
आयोग टोलीले निमित्त पृतनापति सुदर्शनविक्रम राणा र कर्णेल गौरवबहादुर केसीलाई भेटेर बन्दीका विषयमा बुझ्ने कार्यक्रम थियो । '२२ गतेदेखि २४ गतेसम्म टोली दिपायलमै बस्यो तर पृतनामा प्रवेशको अनुमति दिइएन', आयोगस्रोतले अन्नपूर्ण पोस्ट्लाई भन्यो, 'आजै (शुक्रबार) आयोग टोली यत्तिकै फर्केर क्षेत्रीय कार्यालय धनगढी आएको छ ।'
पृतनापति र कर्णेललाई बारम्बार अनुरोध गरे पनि पस्न नदिइएको भनाइ स्रोतको छ । बन्दी बनाइएका सैनिकलाई ब्यारेकमा यातना दिइएको भन्दै पीडितका आफन्तमार्फत आयोगमा उजुरी परेको थियो । बन्दीको मानवअधिकारको विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले अनुगमन गर्न पाउनुपर्ने माग टोलीको थियो ।
राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा ११ र १२ मा मानवअधिकार उल्लंघन भएको सम्बन्धमा जानकारी प्राप्त हुन आएमा आयोगले छानबिनको कारबाही अघि बढाउनसक्ने र मानवअधिकार उल्लंघन भएको देखिन आए त्यस्तो कार्य रोक्न निर्देशन दिनसक्ने अधिकार आयोगलाई छ ।
'मानवअधिकार उल्लंघन भएको विषयमा जुनसुकै निकायमा गएर छानबिन गर्न र दोषी देखिए संविधान र ऐनअनुरूप कारबाही सिफारिस गर्न रोक छैन', आयोग स्रोतले भन्यो, 'पृतनामा रोक लगाएको विषय आयोगले बुझ्न सकेको छैन । यस विषयमा सेनाप्रमुखसँग छलफल गर्छौं ।' आयोगले दिपायल पृतनाबाट बन्दीलाई झिकाएर आयोगकै संरक्षणमा छानबिन गर्ने भएको छ ।

Comments