भाद्र २२, २०७३- चन्दननाथ १४ की शान्ति शाही बगैंचामा स्याउ टिप्न व्यस्त छिन्। गत वर्षभन्दा कम स्याउ फले पनि बजार भाउ बढेकाले निकै उत्साहित छिन्। उनी मात्र हैन, जिल्लाका अधिकांश किसान अर्गानिक स्याउ टिप्न व्यस्त छन्। भदौ दोस्रो साता लागेसँगै स्याउ टिप्न सुरु गरिएको हो। व्यापारी बगैंचामै आएर स्याउ खरिद गरिरहेको चन्दननाथ १४ की माया देवकोटाले बताइन्। ‘गत वर्ष स्याउ धेरै फलेको थियो, बिक्री गर्न बजारमा लैजानुपर्थ्याे’, उनले भनिन, ‘तर, यसपटक स्याउ किन्न व्यापारी फार्ममै आएका छन्।’
८ वर्षअघि जिविसले जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेको थियो। २०६६ मा नेपाल अर्गानिक प्रमाणीकरण मान्यता पाएपछि स्याउको माग अधिक छ। माग बढेपछि ‘एक घर एक स्याउ बगैंचा’ अभियानै चलाइएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार गतवर्ष जिल्लाबाट १४ करोडको स्याउ निर्यात भएकोमा यो वर्ष उत्पादनमा २५ प्रतिशतले कमी आए पनि राम्रो मूल्य पाएका कारण १६ करोडको निर्यात हुने अनुमान छ।
जिल्लाका ३० वटै गाविसमा स्याउ फल्छ। ‘एक घर एक स्याउ बगैंचा अभियानले सबै गाउँमा स्याउ किसान बढेका छन्,’ वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले भने, ‘स्याउ उत्पादनमा कमी आए पनि बजार मूल्य बढेको छ। गतवर्ष प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको स्याउ यस वर्ष शतप्रतिशत बढेर ६० रुपैयाँ पुगेको छ।’
जिविस र गाविसले पनि सहयोग गरेकाले ‘एक घर एक स्याउ बगैंचा’ अभियान सफल भएको उनले बताए। स्याउ टिप्न सुरु हुनासाथ काठमाडौ, सुर्खेत र नेपालगन्जबाट व्यापारी जुम्ला पुगेका छन्। जिल्लाबाहिर स्याउको माग बढेको छ। तर, कर्णाली राजमार्ग राम्रोसँग सुचारु नभएकाले किसानलाई समस्या परेको पटमाराका हर्क बुढाले बताए। कृषिले भदौ दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानीका लागि अनुमति दिए पनि अधिकांश किसानले त्योभन्दा पहिले नै आफ्नो स्याउ बगंैचा खाली गरिसकेका छन्।
सुर्खेत नेपालगन्जबाट आएका मालवाहक गाडीमा यहाँको स्याउ ढुवानी भइरहेको छ। जिल्ला कृषि विकास कार्यालयले स्याउ ढुवानी गर्ने कार्टुनमा सहकारीलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ। व्यापारीले स्याउ खरिद गरी तराईतिर झारिरहेका छन्। भदौ पहिलो सातासम्म मात्रै २ सय १७ मेट्रिक टन अर्गानिक स्याउ जिल्लाबाहिर ढुवानी भइसकेको कृषिका सूचना अधिकारी बालकराम देवकोटाले बताए। अहिले स्याउमा रस भरिएको र स्वाद थपिएको छ। पूर्ण रूपमा रातोसमेत भएको छ। पूर्ण रूपमा पाकेको स्याउ स्वादिलो हुने र ग्राहकले रुचाउने भएकाले काँचैमा नटिप्न भनिएको देवकोटाले बताए।
जुम्लामा ३ हजार १ सय हेक्टरमा खेती गरिएकामा ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ। ‘एक घर एक बगैंचा’ अभियानले स्याउ उत्पादनमा वृद्धि ल्याए पनि सहज यातायात सुविधा र उचित बजारीकरणको व्यवस्था हुन सकेको छैन। स्याउ खेती गरिएको ३ हजार एक सय हेक्टरमै स्याउ उत्पादन भएमा र बजार पाउनसकेमा अर्गानिक स्याउ देशभरि पुर्याउन सकिने कृषि अधिकारीहरूले बताएका छन्। चैत वैशाखको खडेरीले स्याउ उत्पादनमा झन्डै २५ प्रतिशत कमी आएको जिल्ला कृषि विकास कार्यालयको अनुमान छ। गत वर्ष ४ हजार एक सय मेट्रिक टन स्याउ फलेको थियो। यो वर्ष हजार मेट्रिक टन उत्पादन घटेको अनुमान छ।
बोटमै ६० रुपैयाँ केजी
केही वर्ष अघिसम्म अर्गानिक स्याउ बिक्री नहुने र भइहाले पनि सस्तोमा बेच्नुपर्ने बाध्यता बेहोरेका किसानले यस वर्ष भने उचित मूल्य पाएका छन्। ५ वर्षअघि प्रतिकेजी ५ रुपैयाँमा बिक्री हुने स्याउ अहिले ६० रुपैयाँमा बिक्री भइरहेको छ। गत वर्षसम्म व्यापारीले भनेकै ठाउँमा किसानले स्याउ पुर्याइदिनुपर्ने बाध्यता थियो। तर उत्पादन कम भएको र जुम्ली स्याउको माग बढेकाले यस वर्ष व्यापारीहरू बोटमै खरिद गर्न फार्ममा पुग्ने गरेका छन्।
पटमारा ९ की चैती विष्टले यस वर्ष १ लाख ५० हजारको स्याउ फार्मबाटै बिक्री गरिन्। स्याउ फार्मदेखि बिक्री स्थलसम्म लैजानलाई समेत समस्या पर्ने गरेकामा अहिले फार्ममै स्याउ बेच्न पाउँदा खुसी लागेको उनले बताइन्। त्यस्तै, उर्थुका मुनबहादुर विष्टले २० टन स्याउ उत्पादन गरे। उनको स्याउमा प्रांगारिक प्रमाणीकरणको स्टिकरसमेट टाँसिएको छ।
अर्गानिक स्याउ लिन व्यापारीहरू तँछाडमछाड गर्दै घरमै पुग्ने गरेका छन्। यस वर्ष फलेको स्याउबाट करिब १२ लाख रुपैयाँ आम्दानी भएको उनले बताए। उनले लगाएका एक हजार ३ सय बिरुवामध्ये ७ सय बिरुवाले फल दिन थालेका छन्। अर्को वर्ष २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य लिएको विष्टले बताए।
प्याकेजिङमा कार्टुन अभाव
अर्गानिक स्याउ प्याकिङ गर्न किसानलाई कार्टुने अभाव देखिन थालेको छ। कृषि कार्यालयले कृषि सहकारी, संघ समूहलाई ९ हजार कार्टुन वितरण गरे पनि अपुग भएको हो। सहकारी संघले ७ हजार कार्टुन खरिद गरेको थियो। अनुदानमा उपलब्ध गराइएको १६ हजार कार्टुनले कृषकको मागको २० प्रतिशत पनि पूरा गर्न नसकेको कृषि विकास अधिकृत कँडेलले बताए। ‘किसानको मागअनुसार कार्टुन उपलब्ध गराउन सकेका छैनौं, आगामी वर्ष कार्टुन खरिदलाई बढाउने योजना छ,’ उनले भने।
बजारमा अर्गानिक स्याउ लेखिएको काटुन नभेटिँदा चाइना एप्पल लेखेको कार्टुनमा प्याकिङ भइरहेको छ। किसान र व्यापारीले चीनको ट्याग लगाएको कार्टुनमा स्याउ प्याक गरिरहेका छन्। यसले जुम्लाको अर्गानिक स्याउको पहिचान हराउने उनीहरूको चिन्ता छ। चीनको ट्याग लगाउँदा जुम्लाको अर्गानिक स्याउको व्यापारमा धोका भएकाले चिनियाँ ट्याग रोक्नुपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए।
गाडी पाउनै मुस्किल
स्याउ खरिदबिक्रीको चटारो चलेकाबेला ढुवानीका लागि गाडी पाउनै मुस्किल भएको व्यापारीले बताए। व्यापारी, किसान, कृषि सहकारी, संघसंस्थाले खरिद गरी जिल्लाबाहिर बिक्रीका लागि तयारी राखेको स्याउ ढुवानी गर्ने साधन पाउन मुस्किल हुन थालेको हो।

प्रकाशित: भाद्र २२, २०७३
Comments
Post a Comment